eHealth Khabar
पर्सा मुख्य समाचार समाचार

आर्यघाट व्यवस्थित बनाउने ग्रिनसिटिको पहल, ६ थान ट्रे

वीरगञ्ज, २२ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानिघाटस्थित आर्यघाटलाई व्यवस्थित गरिएको छ । समाजसेवी राजकुमार दारुकाको आर्थीक सहयोगमा ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरको पहलमा आर्यघाट व्यवस्थित गरिएको हो । आर्यघाटमा शब दाहन गर्नेहरुको चाप बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै शब जलाउनका लागि ६ वटा ट्रे उपलब्ध गराइएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।
उक्त ट्रे मा राखेर शब दाहन गर्दा निस्किने कोइला तथा खरानी लगायतका पदार्थ जमिनमा खस्न नपाउने हुँदा यसले वातावरण प्रदुषीत हुनबाट रोकिने खेतानको विश्वास छ । यसअघि शब जलाउँदा निस्किने कोइला तथा खरानी जमिनमै खसेर वातावरण प्रदुषित हुने गरेको थियो ।
आगामी दिनमा अँझै व्यवस्थित गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि खेतानले जनाए । अध्यक्ष खेतानसँगै केन्द्रका सदस्यहरु रतन टेमानी, बब्लु अग्रवाल, त्रिलोक चन्द दारुका, राकेश अग्रवाल, सर्फुदिन मिया लगायतको उपस्थितीमा ट्रे हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

वीरगञ्जमा सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया, गर्भपतन महिलाको नैसर्गिक अधिकार

ehealth khabar

सप्तरीको कञ्चनरुपमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

ehealth khabar

थप ३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

ehealth khabar