eHealth Khabar
पर्सा बारा महोतरी मुख्य समाचार समाचार

अग्नि ग्रुपद्धारा नारायाणी अस्पताल वीरगंजलाई १५ लाख बराबरको उपकरणहरु सहयोग स्वरुप प्रदान ।


वीरगञ्ज, २८ जेठ । कोरोना महामारीबाट संक्रमित भएका विरामीहरुको सफल उपचारको लागि अग्नि ग्रुपले नारायाणी अस्पताल वीरगंजलाई बिभिन्न सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको दास्रो भेरिएण्टबाट प्रभावित क्षेत्रहरु मध्ये वीरगञ्ज एक अति प्रभावित क्षेत्र भएकोले यस क्षेत्रमा कोरोना महामारीबाट संक्रमित भएका विरामीहरुको सफल उपचारको लागि अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले वीरगंज महानगरपालिका मार्फत नारायाणी अस्पताल वीरगंजलाई ३०० के.भि.ए.को स्टेबलाईजर १ थान, २० के.भि.ए.को युु.पी.एस. १ थान र २६ थान व्याट्रि गरी करिब १५ लाख बराबरको उपकरणहरु सहयोग स्वरुप प्रदान गरेको बताईएको छ ।
उपकरणहरु वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको रहोबरमा अग्नि ग्रुप वीरगंजका कार्यालय प्रमुख प्रमोद कुमार क्षेत्रीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरेका हुन् । उक्त उपकरणहरु नरायणी अस्पतालले संचालन गर्दै आईरहेको कोभिड आईशोलेशन वार्ड तथा संक्रमितहरुको सहज उपचारको लागि हस्तान्तरण गरिएको अग्नि ग्रुप वीरगंजका प्रमुख क्षेत्रीले बताउनुुभयो ।

यस अघि श्रेष्ठले पोखरामा निर्माण हुन लागेको अक्सिजन प्लान्टका लागि २५ लाख नगद, आइशोलेशन बेड सञ्चालनको लागि ईनरवा अस्पताललाई २५ लाख नगद र सिन्धुुली अस्पताललाई १४ लाख बराबरको १०० के.भि.एको जेनेरेटर सहयोग स्वरुप हस्तान्तरण गरिसकेका छन् ।

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

‘पैदल हिँड्नु नै गर्भावस्थाको सर्वाेत्तम व्यायाम’

ehealth khabar

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

ehealth khabar

सौन्दर्यकरण गर्नका लागि सिमानाका जोडिएको क्षेत्रमा शनिवार वृहत सरसफाई ।

ehealth khabar