eHealth Khabar
मुख्य समाचार समाचार

थप ९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५० पीसीआर परीक्षणमा ७९० र ३५२९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९५३ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १३७१ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १९ हजार ७०० छ, जसमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा छन् भने त्यस्तै १३६० जना संस्थागत आइसोलेसनमा छन् । कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १९८, ललितपुरमा ७३, भक्तपुरमा ४०, कास्कीमा ७०, सुनसरीमा ५५, मोरङमा ५४, झापामा ३२, सुर्खेतमा ७३ र रुपन्देहीमा ३५ जना संक्रमित भेटिएका छन् । त्यस्तै चितवनमा २४, गोरखामा १६, मकवानपुरमा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

शनिवार वीरगञ्जस्थित घडिअर्वा पोखरी परिसरमा स्वास्थ्य शिविर हुने ।

ehealth khabar

कोरोनाको योद्धाहरु एक सच्चा सिपाहि र देश भक्त–साहायक प्रजिअ पौडेल ।

ehealth khabar

सर्सिया नदीको प्रदूषण नियन्त्रणमा दबाब दिन वीरगञ्जको रानीघाट र रामगढवा क्षेत्रमा चक्काजाम ।

ehealth khabar