eHealth Khabar
पर्सा मुख्य समाचार समाचार

मधेश स्वास्थ्य प्रतिष्ठान सञ्चालक परिषद्को सदस्यमा डा. प्रमोद सर्राफ मनोनयन

वीरगञ्ज ११ असोज । वरिष्ठ चिकित्सक प्राध्यापक डा. प्रमोद कुमार सर्राफ मधेश स्वास्थ्य प्रतिष्ठान सञ्चालक परिषद्को सदस्यमा मनोनयन भएका छन् । प्रदेश नं. २ को सरकारले डा. सर्राफलाई गत वर्ष गठन गरिएको मधेश स्वास्थ्य प्रतिष्ठानको परिषद् सदस्यमा मनोनयन गरेको हो ।  वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षक अस्पतालका क्याम्पस निर्देशकसमेत रहेका डा. सर्राफलाई मधेश प्रतिष्ठान ऐन २०७७ को दफा ७ को उपदफा १(ट) बमोजिम परिषद् सदस्यमा नियुक्त गरिएको प्रदेश नं. २ को सामाजिक विकाश मन्त्रलाय जनाएको छ । चिकित्सा क्षेत्रमा दुई दशकभन्दा पनिं लामो अनुभव बटुलेका डा. सर्राफले पछिल्लो समय आएका विभिन्न कोभिड-१९ सङ्क्रमणको लहरमा अग्रपंतिमा खटेर विरामीहरुको उपचार गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

ग्रिन सिटि र सोमपाल कामीद्वारा वीरगञ्जमा वृक्षारोपण

ehealth khabar

कोरोना महामारीमा लकडाउनको एक बर्ष ।

ehealth khabar

थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, २२६ जना निको

ehealth khabar