eHealth Khabar
पर्सा बारा मुख्य समाचार समाचार

विश्व मुटु दिवसको अवसरमा र्‍याली कार्यक्रमको आयोजना ।

राजेन्द्र सिंह, असोज १३ पर्सा । विश्व मुटु दिवसको अवसरमा नारायणी वयोधा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम गरि मनाएको छ । विश्व मुुटु दिवसको अवसरमा वीरगञ्जमा ‘वाकथन’ (थोरै हिँड्नुहोस) ¥याली निकालिएको हो ।
र्यालीमा सहभागीले ‘स्वस्थ मुुटु, सशक्त जीवन’, ‘स्वस्थ मुुटुका लागि हिँड र दौड’, ‘सुखी जीवनका लागि मुटु स्वस्थ राखौं’, ‘मुटुमा ऊर्जा थपौं, जीवनलाई सशक्त बनाऔं’, ‘हृदयाघातको जोखिमबारे जानी राखौं’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
content ad p2
वीरगञ्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीको अध्यक्षतामा भएको उक्त र्याली कार्यक्रमलाई संबोधन गर्दै वहाँले स्वस्थ हावापानी, धुलो धुँवारहित वातावरण कायम राख्न सके मुुटु स्वस्थ हुने बताउनु भयो ।
content left
वीरगञ्ज महानगरपालिकाले विपन्न वर्गलाई मुटु रोगको उपचारका लागि सिफारिश गर्ने गरेको छ । आर्थिक वर्ष ०७५-०७६ मा ४४, ०७६-७७ मा ९७ र ०७७-०७८ मा ७३ जनालाई मुटु रोगको उपचारका लागि सिफारिश गरिएको वीरगञ्जमहानगरपालिकाका प्रमुख बिजयकुमार सरावगीले जनाएका छन् । र्याली कार्यक्रममा अस्पतालका मुटु रोग बिशिसज्ञ डा.राधा भटराई अन्य अस्पतालका स्वास्थकर्मी, स्थानीय युवा तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
आजको कार्यक्रमको केहि तस्वीरहरु
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

शिकारीवासमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ehealth khabar

कोरोना संक्रमण थप बढ्न नदिन भारतका विभिन्‍न राज्यमा कर्फ्यु

ehealth khabar

काठमाडौंका डेढ लाख बढीले लगाए कोरोनाविरुद्ध खोप

ehealth khabar