eHealth Khabar
पर्सा मुख्य समाचार समाचार

मध्य तराईमा बाक्लो हुस्सु, जनजीवन प्रभावित, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझावा ।

मंसिर २९, पर्सा : मध्य तराईको पर्सा, बारा र रौतहटमा बाक्लो हुस्सु लाग्न थालेको छ । अघिल्लो वर्ष पुसको पहिलो साता देखि मात्र सुरु भएको हुस्सु यस वर्ष भने मंसिर २८ गते देखि नै सुरु भएको हो । चार दिन अघि सामान्य हुस्सु लाग्न सुरु भए भनि सोमबार देखि बाक्लो हुस्सु लागेको छ । हुस्सुसँगै चिसो बढेकाले मध्य तराईको जनजीवन कष्टकर बन्न थालेको छ । शीतलहरका कारण हुने चिसोले मध्य तराईमा हरेक वर्ष विपन्न सर्वसाधारणको मृत्यु पनि हुने गरेको छ । यो वर्ष पनि चिसोले कठ्यांग्रिएर रौतहटमा एकजनाको मृत्यु भइसकेको जनाइएको छ । चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएका दलित बस्तीका सर्वसाधारण बढी प्रभावित हुने गरेका छन्। शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने बाक्लो कपडाको अभावमा उनीहरु बढी प्रभावित हुने गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।

 

हुस्सुले घाम छेकेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ। बाक्लो हुस्सु लागेर भिजिविलिटी कम हुँदा अत्यन्त व्यस्त रहने स्थानीय राजमार्गमा सवारी साधनको चाप कम हुन थालेको छ। राजमार्गमा गुड्ने सवारी दिउँसै लाइट बालेर गुड्न थालेका छन्।

content ad p2

चिसोले प्रभावित साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका र जेष्ठ व्यक्तिहरुलाई बचाउन पहल गर्ने भनी गएको मंसिर २१ गते आइतबार पर्सामा शीतलहर प्रारम्भिक समितिको बैठक बसिसकेको छ। सो बैठकले एक साताभित्र अति विपन्न र गरिब ज्येष्ठ नागरिक पहिचान गरिसक्ने भनिएको थियो। तर, वास्तविक पीडित हुनेलाई राहत स्वरुप दाउरा, न्यानो कपडा बाढ्ने भनी निर्णय गरिसकेको भए पनि स्थानीय तहहरुको साथ नपाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

content left

निर्णय कार्यान्वयन गर्न स्थानीय तह सक्रिय नुहँदा आन्तरिक मन्त्रालय र संघीय मन्त्रालयबाट आएको २५ लाख रुपैयाँमा खरिद गर्ने न्यायो कपडा र दाउराको टेन्डर गर्न ढिलो हुन थालेको प्रजिअ तामाङले बताए ।
थाहा खबरबाट साभार ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

७२ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने सरकारको तयारी

ehealth khabar

गर्भावस्थामा पायल्स भए के गर्ने ?

ehealth khabar

पर्सामा कोरोना सङ्क्रमित बढ्दै, ३७ जना पोजेटिभ

ehealth khabar