eHealth Khabar
पर्सा मुख्य समाचार समाचार

कुमारी बैकको ग्राहकवर्गलाई स्वास्थोपचारमा सहुलियत ।

पुस १३ वीरगञ्ज । कुमारी बैंक लिमिटेडका ग्राहकवर्गले स्वास्थ्य उपचारमा सहुलियत पाउने भएका छन । आफ्ना ग्राहकवर्गलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । वीरगंज पर्सा स्थित सात्विक आयुर्वेद अस्पतालका प्रमुख चिकित्सक डा.प्रभाकर मनु र कुमारी बैंकलिमिटेड प्रदेश–२ का प्रदेश प्रमुख सिद्घार्थ सिंहले सोमबार संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरि सेवा सम्बन्धमा सम्झौता गरेका हुन ।

सम्झौता अनुसार अब कुमारी बैकका ग्राहकवर्गले सात्विक आयुर्वेद अस्पतालमा ओ.पि.डि, प्याथोलोजी सेवा, पँचकर्म सेवा र औषधीमा ५% सम्म छुट पाउने छन । त्यस्तै फिजियोथेरापी, लगायत आइ.पि.डि. (बेड चार्जेज) मा ग्राहक वर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बताईएको छ ।

 

content ad p2


सो अवसरमा कुमारी बैंकका प्रदेश–२ प्रदेश प्रमुख सिद्घार्थ सिंहले बैकद्धारा देशव्यापी १८७ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखा रहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे जानकारी गराउनु भयो । आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त बिभिन्न निकायसंग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छन । सम्झौता समय बैंकको प्रदेश–२ कर्जा अधिकृत अमित सर्राफ, संचालन अधिकृत रंजित कुमार यादव तथा अस्पतालको संचालक विटु कुमारी शाहको उपस्थिति रहेको थियो ।

 

content left
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

किरण आँखा अस्पताको बाराको कलैयामा पनि चरमा घर साथै सामान्य आँखा उपचार सेवा सुरु ।

ehealth khabar

 नारायणी अस्पताललाई खाद्यान्न सामाग्री सहयोग ।

ehealth khabar

७२ घण्टामा वीरगञ्जमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु

ehealth khabar