eHealth Khabar
मुख्य समाचार समाचार

कोरोनाको योद्धाहरु एक सच्चा सिपाहि र देश भक्त–साहायक प्रजिअ पौडेल ।

राजेन्द्र सिंह, पुस १७ । कोरोना महामारीमा उच्च मनोबलका साथ जनताको जिवधनमा रक्षा गर्ने सबै कोरोनाको योद्धाहरु एक सच्चा सिपाहि र देश भक्त रहेकोे पर्साका साहायक प्रजिअ भिमकान्त पौडेलले बताएका छन् । पर्साको बहुदरमाई नगरपालिकामा आयोजना गरिएको स्वास्थ्यकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै सो कुरा बताए । कारोनाको कहरमा बहुदरमाई नगरपालिकाले देखाएको भुमिकाको प्रसंसा गर्दै साहायक प्रजिअ पौडेलले बहुदरमाई नगरपालिकाबाट सबैले अनुसरण गर्नु पर्ने बताए ।


कार्यक्रमको बिशिष्ठ अतिथि वडा नं. ०२ का वडा अध्यक्ष जितेन्द्र पटेलले आफ्नो नगरपालिकामा स्वास्थ्यकर्मीले आफनो ज्यानको बाजी थापि गरेको कामको प्रसंसा गर्नु भयो । कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दा आफुनै गर्भभान्वीक महसुस गरिरहेको बताए ।

content ad p2

content left

कोरोनाको कालमा आयुवेर्दिक औषधीले निकै राम्रो भुमिका खेलेको तथा सो औषधीले आईसोलेसनमा रहेकाहरुका लागि निशुल्क प्रदान गरि सहयोग गर्ने बैध निरक्षक धिरेन्द्र सिंहलाई सम्मान गरिएको छ । समान्ति हुदै बैध निरिक्षक सिंहले आफु ६ सय भन्दा बढीलाई आयुर्वेदिक औषधी बितरण गरेको बताए । कोरोनाको समयमा आयुर्वेदिक औषधीले धेरैको रागप्रतिरोधात्मक क्षमता बृद्धिमा सहयोग पुगेको सिंहको भनाई छ ।


सो कार्यक्रममा पुर्व स्वास्थ्य शाखा संयोजक राजकिशोर प्रसादले अवकास प्राप्त गरेकोले आजै बिवाईका साथ सम्मान पनि गरिएको थियो ।कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख प्रमोद कुर्मी, जितेन्द्र साह, हरेराम साह, देवसरण गुप्ता, अबध साह, नरेश साह तथा प्रियांका यादव लगायत ५० जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।


सम्मान तथा अन्तरक्रिया पछि बनभोज समेतको आयोजाना गरिएको थियो । सा अवसरमा जिन्सी शाखा प्रमुख रामबाबु पटेल, महिला बिकास शाखा प्रमुख पारवती पौडेल,लेखा शाखा प्रमुख हरि कुर्मीको पनि बिशेष सहभागीता रहेको बताईएको छ ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

काठमाडौंका डेढ लाख बढीले लगाए कोरोनाविरुद्ध खोप

ehealth khabar

छैठो राष्ट्रिय योग दिवस तिन दिन मनाईने ।

ehealth khabar

पर्सामा आव २०७६—७७ मा ८४२ जना नयाँ क्षयरोगीहरु फेला । ।

ehealth khabar