eHealth Khabar
पर्सा समाचार

कुनै सेवा दिन आउँदा अनिवार्य मास्क लगाउनुपर्ने – मेयर सरावगी

वीरगञ्ज १६ असोज । वीरगञ्ज महानगरपालिका, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा लिन अनिवार्य मास्क लगाउनुपर्ने भएको छ ।

content ad p2

पूर्ण मास्क प्रयोगको सुनिश्चितता शुभारम्भ कार्यक्रममा नगर प्रमुख विजय सरावगीले त्यस्तो घोषणा गरेका हुन् दशैं, तिहार र छठ पर्वमा सर्वसाधारणको चलहपहल बढ्दा कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर मास्क प्रयोग अनिवार्य गरिएको नगर प्रमुख सरावगी बताए ।

content left

मास्क लगाउन सचेतना जगाउने उद्देश्यले महानगरपालिकाबाट निकालिएको सचेतनामुलक ¥याली घण्टाघर आएर सभामा परिणत भएको थियो । ¥यालीमा महानगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, नर्सिङ अध्ययन गर्दै गरका विद्यार्थी र स्काउटको सहभागिता रहेको थियो ।

कोरोना संक्रमण घट्दै गएपछि वीरगञ्जमा पछिल्लो समय लापरबाही बढ्दै गएको छ । मास्कको प्रयोग, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानीटाईजर लगाउन नगरबासीले छोडिसकेका छन् । नगरबासी मात्रै हैन, महानगरका अधिकांश कर्मचारीले समेत मास्क लगाउँदैनन् ।

अभियान अन्र्तगत वीरगञ्जका १२ स्थानमा ‘मास्क बिना प्रवेश निषेध, ‘मास्क बिना कुराकानी निषेध र ‘मास्क बिना सेवा निषेध’ लेखिएको स्टिकर, पोष्टर लगाइने महानगरका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख अरुण महतोले बताए ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

ehealth khabar

क्याट पर्साद्वारा हिमाल अक्सिजन उद्योगमा अनुगमन

ehealth khabar

शिकारीवासमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ehealth khabar