eHealth Khabar
पर्सा बारा मुख्य समाचार रौतहट समाचार

नारायणीका मेसु डा. ठाकुरको सरुवा, डा. प्रधानलाई निमित्त मेसुको जिम्मेवारी ।


वीरगञ्ज ६ जेठ । नारायणी अस्त्पालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.सञ्जय ठाकुरलाई काठमाडौँस्थित वीर अस्पतालमा सरुवा गरिएको छ । दोस्रो चरणको कोभिड सङ्क्रमणले पर्सा जिल्लाको अवस्था भयावह भएको बेला यहाँको प्रमुख स्वास्थ्य केन्द्र नारायणी अस्पतालमा प्रभावकारी ढङ्गले काम गर्न नसकेपछि कारवाही स्वरूप मेसु डा.ठाकुरलाई विर अस्पताल सरुवा गरिएको बुझिएको छ । डा.ठाकुरलाई आइतबार स्वास्थ्य मन्त्रालय तानिएको थियो । त्यहाँ उनलाई स्पष्टिकरण सोधेर कारवाही गरिएको मन्त्रालयको स्रोतले जनाएको छ ।
मेसु डा. ठाकुरलाई वीर अस्पताल सरुवा गरिएको नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजराले पुष्टि गरे । उनको सट्टामा नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. विरेन्द्र बहादुर प्रधानलाई निमित्त मेसुको जिम्मा दिइएको हजराले बताए । हजराले आज साँझसम्म डा. प्रधानलाई निमित्त मेसुको जिम्मेवारी दिइएको पत्र मन्त्रलायबाट आउने दावी गरे ।
’स्वास्थ्यमन्त्रीज्यूसँग कुरा भएको छ, डा. प्रधानलाई निमित्त. मेसुको जिम्मा दिने कुरा छ । डा. ठाकुरलाई वीर अस्पतालमा सरुवा गरिएको छ । आधिकारी पत्र साँझसम्म अस्पताल पुग्छ,’ हजराले यात्राडेलीलाई भने । मेसु. डा. ठाकुरले अस्पताल व्यवस्थापन राम्ररी गर्न नसक्दा कोभिड सङ्क्रमितहरुको उपचारमा समस्या हुँदै आएको थियो । अस्पतालमा भर्ना भएका कोभिड सङ्क्रमितलाई उपचार गर्न चिकित्सक नजाने, असिक्जन र रेम्डीसिभिर जस्ता औषधी अभाव हुने, कोभिड वार्ड फोहर भएको सरसफाई समेत नहुने र सङ्क्रमितको आफन्त कोभिड वार्डमा आफै पुगेर खट्नु पर्ने जस्ता समस्या थिए ।
मेसु डा.ठाकुरलाई अस्पतालका समस्याहरुका बारेमा स्थानीय सञ्चारमाध्यममार्फत पटक–पटक अवगत गराउँदा पनि उनले कुनै कारवाही गर्न सकेका थिएनन् । उनले अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुसँग समेत समन्वय नगर्ने गरेको गुनासो आउने गरेको थियो । एकपटक त् उनले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डीसिभिर बेचेको समेत आरोप लागेको थियो । सङ्घीय सांसद् प्रदीप यादवले उनीमाथि यस्तो आरोप लगाएका थिए । एक वर्षअघि तत्कालिन नारायणीका मेसु डा. मदन उपाध्यायले वीरगञ्ज बस्न अस्वीकार गरेपछि वीर हस्पिटलमा कार्यरत रहेकै अवस्थामा डा. ठाकुरलाई मन्त्रालयले जिम्मेवारी दिँदै नारायणी अस्पताल पठाएको थियो । उनी आएसँगै नारायणी अस्पतालमा अनियमितता तथा स्वास्थ सेवालगायत बिग्रिँदै गएको गुनासो चिकित्सकहरुबाट आएको थियो । कर्मचारीलाई हेपेर काम लिने प्रवृतिले उनको कार्यकालमा वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रुष्ट थिए ।
यता, नारायणी अस्पतालले मेसु फेरिएको र डा. प्रधानलाई निमित्तको जिम्मा दिइएको कुनै आधिकारी जानकारी नआएको प्रष्ट पारेको छ । अस्पतालका प्रवक्ता एवम् चिकित्सक डा. सरोज सिंह अनुसार मन्त्रालयबाट मेसु फेरिएको कुनै आधिकारिक पत्र अहिलेसम्म प्राप्त भएको छैन । ’डा. ठाकुर सरुवा भएको सत्य हो, तर मेसु फेरिएको कुनैजानकारी अहिलेसम्म हामीसँग छैन,’ सिंहर्ले भने ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित ।

ehealth khabar

सौन्दर्यकरण गर्नका लागि सिमानाका जोडिएको क्षेत्रमा शनिवार वृहत सरसफाई ।

ehealth khabar

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध ।

ehealth khabar