eHealth Khabar
Uncategorized बिचार/अन्तरबार्ता मुख्य समाचार हेल्थ टिप्स

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम


कात्तिक ५, पर्सा । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोना भाइरससँगै सरुवा रोगको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् । प्रभावित क्षेत्रमा सामूहिक रुपमा बस्ने हुँदा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्दा कोरोनासँगै झाडापखाला, आउँ, हैजालगायत पानीजन्य रोग फैलने जोखिम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो । दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानी र शौचालयको प्रयोग गर्नुपर्ने डाक्टर पौडेलको सुझाव छ । सकेसम्म उमालेको पानी पिउन र त्यो सम्भव नभए पानीलाई निर्मलीकरण गरेर मात्र पिउन उहाँको आग्रह छ । यस्तै, उहाँले उद्धार गरिएका व्यक्तिलाई राखिने ठाउँमा आवश्यक दूरी कायम गराउन, शौचालय तथा सफा पानीको व्यवस्थापन गर्न सम्बन्धित पालिका र उद्धारमा जुटेकाहरुलाई अनुरोध गर्नु भएको छ ।
पौडेलका अनुसार अहिलेसम्म बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कुनै रोग तथा सङ्क्रमण भने देखिएको छैन। तर, जोखिम उच्च रहेकाले आवश्यक सावधानी भने अपनाउनु पर्नेमा उहाँको जोड छ । उहाँका अनुसार रोगको सम्भावित जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रतिकार्यका लागि प्रदेश र पालिकाहरुका समन्वय थालेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

वीरगन्जमा एउटै बेडमा तीन जना संक्रमितको उपचार हुँदै

ehealth khabar

नारायणीका मेसु डा. ठाकुरको सरुवा, डा. प्रधानलाई निमित्त मेसुको जिम्मेवारी ।

ehealth khabar

वीरगञ्जमा थपिए ६ जना कोरोना संक्रमित

ehealth khabar